Logo

पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित

ई-खेलकुद २०७८ चैत्र ११ , शुक्रबार ०५:०३ मा प्रकाशित

काठमाडौं । पपुवा न्यु गीनीविरुद्वको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको हो । योसँगै २ म्याचको सिरिजमा पीएनजीले १–० को अग्रता बनाएको छ । पीएनजीले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो । पीएनजीविरुद्व रोहित कुमार पौडेलले किर्तिमानी शतक बनाएपनि त्यो नेपालको जितमा पर्याप्त भएन् । उनले १ सय २६ रन बनाए । आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, भीम सार्कीले १७ र दिपेन्द्रसिंह ऐरीले १५ रन जोडे । रोहित र आरिफले पाँचौ विकेटका लागि १ सय ४ रनको किर्तिमानी साझेदारी गर्दै संकटमा परेको नेपालको ईनिङस उकासेका थिए । सोमपाल कामी र कमलसिंह ऐरी समान १८ रनमा अबिजित रहे । पीएनजीका नोरमन भानुवाले ३ तथा चार्लेस अमिनी र असद भालाले समान २ विकेट लिए । नोसाइना पोकानाको नाममा एक विकेट रह्यो ।
यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारे र पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो । चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाएको ईनिङसमा कप्तान असद भालाले ६० रन बनाए । टोनी उराले ३८, रिले हेकुरेले ३१ र नोरमान भानुआले ४७ रन बनाए । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २र२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान एक विकेट हात पारे ।
दोस्रो एक दिवसीय क्रिकेट भोली हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?