Logo

न्यु डायमण्ड कप भलिबल बुधबारबाट, विजेताले ४ लाख पाउने

ई-खेलकुद २०७६ पुस २० , आईतबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । न्यु डायमण्ड कप भलिबल प्रतियोगिताको तेस्रो संस्करण बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगिताको आयोजक न्यु डायमण्ड स्पोर्टस एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिती सार्बजनिक गरेको हो । पौष २६ गतेसम्म चल्ने प्रतियोगीतामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली आर्मी, एपीएफ र पुलिससंगै पोखराको टप्स माबी, पारामाउण्ट ईङलिस स्कुल, ढोरपाटन स्पोर्टस क्लब र आयोजकको टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका सबै खेलहरु राजधानीको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको भलिबल कोर्टमा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ४ लाख १ हजार र उपविजेताले ३ लाख १ हजार रुपैया हात पार्नेछन् । तेस्रो स्थानमा रहने टोलीले १ लाख ५१ हजार र चौथो टोलीले ५१ हजार रुपैया प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?