Logo

न्यु डायमण्ड, एपिएफ र आर्मीको जित

ई-खेलकुद २०७७ माघ २९ , बिहीबार ०७:०२ मा प्रकाशित

पोखरा । पोखरामा जारी प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा नेपाल एपीएफ, न्यु डायमण्ड र त्रिभुवन आर्मी विजयी भएका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा भएको आजको पहिलो खेलमा शसस्त्र प्रहरी बल एपिएफले त्रिभुवन आर्मी माथि ३–२ को जित निकालेको छ । जित संगै एपिएफले दोस्रो चरणको यात्रा तय गर्दा आर्मी भने पहिलो चरणबाटै बाहिरीएको छ । एपिएफले आर्मीलाई १८–२५,२७–२५,२५–१७,२०–२५ र १५–७ को सेटमा हराएको हो ।
त्यस्तै प्रतिस्पर्धात्मक महिला तर्फकै दोस्रो खेलमा न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराएको छ । डायमण्डले २७–२५,२९–३१,२७–२५ र २५–१६ को सेटमा हराएको हो ।
आजको अन्तिम खेल पुरुष तर्फको भएको थियो । खेलमा आर्मीले एपिएफलाई ३–० को सोझो सेटले पाखा लगायो । आर्मीले २५–२३,२५–२१ र २५–१८ को सोझो सेटमा हराएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?