Logo

न्यु क्यासललाई हराएको चेल्सी शीर्ष स्थानमा

ई-खेलकुद २०७७ मंसीर ६ , शनिबार ०८:११ मा प्रकाशित

एजेन्सी । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौ चरणको खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउदै चेल्सीले ५ स्थान फड्को मारेको हो । लेष्टर सिटीसंग समान १८ अंक भएपनि गोल अन्तरमा अघि रहदै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।
न्युकासलको मैदानमा खेलको १० औ मिनेटमा उपहार गोलबाट खेलमा अग्रता बनाएको चेल्सीका लागि टामी अब्राहमले अर्को गोल गरेका थिए । ६५ औ मिनेटमा अब्राहमले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
चेल्सीले ९ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ११ अंक जोडेको न्युकासल तालिकाको १३ औ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?