Logo

न्यु क्यासलबिरुद्ध चेल्सीको सहज जित

ई-खेलकुद २०७७ फागुन ४ , मंगलबार ०७:०२ मा प्रकाशित

एजेन्सी । चेल्सीले ईङलिश प्रिमियर लिगमा सहज जित निकालेको छ । २४ औ चरणको खेलमा गएराती न्यु क्यासल युनाईटेडलाई २–० ले हराउदै चेल्सी तालिकाको चौथो स्थानमा पुगेको हो । स्टाम्पफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन ओलिभर जिराउड र टिमो वेर्नरले गोल गरे । ३१ औ मिनेटमा जिराउडको गोलमा अग्रता बनाएको चेल्सीका लागि बेर्नरले ३९ औ मिनेटमा अर्को गोल थपेका थिए । खेलको पहिलो हाफमै २–० को अग्रता बनाएको चेल्सीले पाहुना टोलीलाई अधिकांश समय दबावमा राखेपनि थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । २४ खेलबाट ४२ अंक जोडेको चेल्सी यो जितसंगै तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
गएराती नै सेफिल्ड युनाईटेडलाई ३–० ले हराउदै वेष्टह्याम युनाईटेड पाँचौ स्थानमा पुगेको छ । पहिलो हाफमा १–० को अग्रता लिएको वेष्टह्यामले दोस्रो हाफमा २ गोल थप्दै सहज जित हात पारेको हो । २४ खेलबाट वेष्टह्याम युनाईटेड ४२ अंकसंहित तालिकाको पाँचौ स्थानमा पुगेको हो । चौथो स्थानको चेल्सीसंग अंक बराबरी भएपनि वेष्टह्याम गोल अन्तरमा पछि परेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?