Logo

न्युजिल्याण्ड र वेष्टईण्डिजबिचको तेस्रो खेल रद्द

ई-खेलकुद २०७७ मंसीर १५ , सोमबार ०५:११ मा प्रकाशित

एजेन्सी । न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम टी–ट्वान्टी खेल बर्षाका कारण रद्द भएको छ । माउन्ट माउनगानुईमा पहिलो ईनिङस सुरु भएलगत्तै बर्षा भएपछि खेल रद्द भएको हो । तेस्रो खेल नतिजाबिहिन भएसंगै ३ म्याचको सिरिज घरेलु टोलीले २–० ले जितेको छ ।
बे ओभलमा भ्रमणकारी टोलीले ब्याटिङ गरिरहदा बर्षा भएपछि खेल बिथोलिएको थियो । २ दशमलब २ ओभरको खेल जारी रहदा बर्षा भएपछि रोकिएको खेल त्यसपछि सुचारु हुन सकेन् । खेल रोकिनुअघि उसले १ विकेट गुमाएर २५ रन बनाएको थियो ।
सिरिज अन्तर्गतको पहिलो खेलमा न्युजिल्याण्ड ५ विकेटले तथा दोस्रो खेलमा ७२ रनले विजयी भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?