Logo

नेपाल सुपर लिगको खेल तालिका सार्बजनिक

ई-खेलकुद २०७७ चैत्र ३० , सोमबार ०७:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली फुटबल ईतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगीताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट प्रालीले बैसाख ११ गतेबाट सुरु हुने प्रतियोगीताको खेल तालिका सार्बजनिक गरेको हो ।
एनएसएलको उद्घाटन खेलमा काठमाण्डौ रेजर्स एफसी र ललितपुर सिटी प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । बैसाख १२ गतेबाट भने दिनको २ खेल राखिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगीता राउण्ड रोबिन लिगका आधारमा चल्नेछ । बैशाख २५ सम्म सञ्चालन हुने प्रतियोगीतामा ७ टोलीको सहभागीता रहेको छ ।
लिगमा कुल १९ खेल हुनेछन् । लिगमा सहभागी टोलीले अक्सनबाट खेलाडी छनोट गरिसकेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?