Logo

नेपाल घरेलु टोली बंगलादेशसँग बराबरीमा रोकियो

ई-खेलकुद २०७८ मंसीर २५ , शनिबार ०८:१२ मा प्रकाशित

काठमाडौं । १९ बर्ष मुनीको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । आज भएको खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो संस्करणको फाइनल पुगेका टोली नयाँ संस्करणको पहिलो चरणमै एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका हुन् । ढाकास्थित मुस्तफा कमल अन्तराष्ट्रिय स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएका अवसरको सदुपयोग गर्न सकेनन् । आक्रामक खेल खेलेपनि घरेलु टोलीका अवसर नेपाली रक्षापक्तिले विफल पारेको थियो । नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ ।
यसअघि आजै भएको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । ५ टोली सहभागी प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?