Logo

नेपाल आईपुगे मुख्य प्रशिक्षक अलमुताईरी

ई-खेलकुद २०७८ कात्तिक १३ , शनिबार ०९:१० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किएका छन् । नेपालसँग थप २ बर्षको नयाँ सम्झौता गरेका अलमुताईरी आज राती काठमाडौं आइपुगेका हुन् । मुख्य प्रशिक्षक अलमुताइरीलाई विमानस्थलमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फाका सदस्य रुपेश अधिकारी लगायतका पदाधिकारीले स्वागत गरेका थिए । कतार फुटबल संघको मध्यस्थतामा दोहामा भएको त्रिपक्षिय छलफलपछि उनले नेपालसँगको सम्झौता २ बर्ष थप गरेका थिए । उनी अब ३ बर्ष नेपालमा रहनेछन् । कुवेती प्रशिक्षक अलमुताइरीको नेतृत्वमा नेपाली टोली पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । माल्दिभ्समा भएको प्रतियोगितामा भारतसँग फाइनलमा ३–० ले पराजित भएपछि उनी त्यहिबाट कुवेत लागेका थिए । सोहि क्रममा उनले अब नेपाल नफर्कने समेत बताएका थिए । यद्यपी उनले नयाँ सम्झौता गरेर नेपाल बसाँई लम्ब्याउने भएका हुन् ।
प्रशिक्षक अलमुताईरी बेला बेलामा बिभिन्न फण्डाका कारण चर्चामा आईरहन्छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?