Logo

नेपाली युवा टोलीद्धारा सिन्हालिजसामु २ सय ४१ रनको लक्ष्य

ई-खेलकुद २०७६ भदौ १० , मंगलबार ०२:०८ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा हुने अन्डर–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले पहिलो अभ्यास खेलमा सिन्हालिज स्पोर्टस क्लबसामु २ सय ४१ रनको चुनौती प्रस्तुत गरेको छ । क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रनको योगफल तयार पारेको हो ।
कमजोर सुरुवात गरेको नेपालको ईनिङस आसिफ शेख एक्लैले उकासेका हुन् । उनले ८८ रन बनाए । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रन बनाए । कप्तान रोहित कुमार पौडेल ८ र लोकेश बम १ रनमा आउट भए । हरि चौहान १८ र भीम सार्की १५ रनमा अबिजित रहे । बर्षाले खेल सुरु हुन ढिलाई भएपछि खेल ४२ ओभरमा छोट्याईएको हो ।
प्रतियोगिता अघि नेपालले बिहिबार बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्न छ । त्यस्तै शुक्रबार चीला मरियन्स क्लबसंग नेपालले तेश्रो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपालले भदौ २० मा श्रीलंकासंग खेल्दै एसियाकपको सुरुवात गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?