Logo

नेपाली महिला टोली छनोटबाट ग्लोबल क्वालिफायर पुग्न असफल

ई-खेलकुद २०७८ मंसीर १२ , आईतबार ०४:११ मा प्रकाशित

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने नेपालको सपना अधुरै रहने भएको छ । एसीयाली छनोट अन्तर्गतको खेलमा युएईसँग ४८ रनले पराजित भएसँगै नेपाल छनोट हुन असफल भएको हो । छनोटबाट ग्लोबल क्वालिफायर पुग्न नसकेपनि नेपालको ग्लोबल छनोट खेल्ने संभावना भने जिवितै छ । युएईमा भएको प्रतियोगीतामा नेपालले खेलेका ५ मध्ये ३ खेलमा मात्र जित निकाल्न सक्यो । पहिलो खेलमा हङकङसँग पराजित भएको नेपाल अन्तिम खेलमा युएईसँग स्तब्ध भएको हो । छनोटमा नेपालले मलेसीया, भुटान र कुवेतलाई हराएको थियो ।
युएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १९ दशमलव ४ ओभरमा ७९ रनमा समेटियो । ईन्दु शर्माले बनाएको १५ रननै नेपालका लागि सर्बाधिक स्कोर रह्यो । सीता राना मगरले १३ रन जोडिन अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन । युएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन् । चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए । चाया मुघलको नाममा एक विकेट रह्यो ।
यसअघि दुबईको आईसीसी एकेडेमीको मैदानमा पहिले व्याटिङमा उत्रिएको युएईले ५ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो । चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाएको युएईको ईनिङसमा थिर्था सतिसले ४७ रन जोडिन । कभिसा इगोडेजले २२ रनको योगदान गरिन् । नेपालकी कविता कुँवरले २ तथा सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात लिए ।
एसीयाली छनोटबाट आयोजक युएई शतप्रतिशत नतिजासँगै विजेता बन्दै ग्लोबल क्वालिफायरमा पुगेको छ । वरीयताको १६ औ स्थानमा रहेको नेपालको संभावना भने पुर्वी एसीया प्यासिफिक छनोट रद्ध भएकाले कायमै रहेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?