Logo

नेपाली क्रिकेट टोलीले कतारमा टि–२० सिरिज खेल्ने

ई-खेलकुद २०७७ माघ १३ , मंगलबार ०६:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा आयोजना हुने बाइल्याट्रल टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । कतार स्पोर्टस डेको अवसरमा हुने सिरिजका लागि कतार क्रिकेट बोर्डले गरेको निम्तो स्विकार गर्दै नेपालले टोली पठाउने जनाएको हो । नेपाल क्रिकेट संघ क्यानको आज बसेको बोर्ड बैठकले कतारको निमन्त्रणा स्विकार गर्दै सिरिजमा सहभागीता जनाउने निर्णय गरेको हो ।
सिरिज फेब्रुवरी ९ देखि १२ सम्म हुनेछ । यो सिरिज मुख्य प्रशिक्षक देभ वाटमोरको पहिलो प्रतियोगिता हुनेछ । यस्तै क्यानले फेब्रुवरी १ बाट राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय पनि गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?