Logo

नेपाली क्रिकेट ईतिहासमा अन्डर–१९ महिला टोलीले दर्ज गरेको खराब रेकर्ड

ई-खेलकुद २०७९ जेठ २१ , शनिबार ०७:०६ मा प्रकाशित

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको अन्डर १९ महिला विश्वकपमा छनोट हुने लक्ष्यका साथ मलेसीया पुगेको नेपाली टोलीले दोस्रो खेलमा खराब नतिजा भोग्नुपर्यो । नेपाली क्रिकेट ईतिहासमै कमजोर स्कोरमा समेटिदै खराब रेकर्ड दर्ज गरायो । युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ८ दशमलव १ ओभरमा ८ रनमा अलआउट हुन पुग्यो । ६ खेलाडी बिना स्कोर पभेलियन फर्किएको नेपाली ईनिङसमा स्नेहा महराले सर्बाधिक ३ रन बनाईन् । मनिषा रानाले अविजित २ र किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले समान एक रन बनाए । युएईकी महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् । नेपालले दिएको ९ रनको लक्ष्य युएईले मात्रै ७ बलमा बिना क्षती भेट्टायो । नेपाली क्रिकेट ईतिहासमा यो स्कोर हालसम्मकै न्युन स्कोर हो । यसअघि एसीसी एसीया कपमा नेपाली सिनियर महिला टोली २१ रनमा अलआउट भएको थियो ।
नेपालले बनाएको यो स्कोर अन्तराष्ट्रिय महिला क्रिकेटको तेस्रो न्युन स्कोर हो । नेपालअघि माल्दिभ्स र मालीको महिला टोली रहेका छन् । यी दुबै टोली ६ रनमा अलआउट हुँदै न्युन स्कोरको खराब रेकर्डको शीर्ष र दोस्रो स्थानमा छन् । यो सूचीमा नेपाल तेस्रो स्थानमा आइपुगेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?