Logo

नेपालविरुद्व टस जितेको बंगलादेश व्याटिङ गर्दै

ई-खेलकुद २०७८ पुस ९ , शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौं । युएईमा जारी १९ बर्ष मुनीको एसीसी एसियाकप क्रिकेट प्रतियोगीतामा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । सारजाहास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको बंगलादेशले व्याटिङ गर्ने निर्णय गरेको छ । पहिलो खेल खेल्न लागेका नेपाल र बंगलादेश दुबै टोली सुखद सुरुवातको योजनासहित मैदान उत्रिएका छन् । यसअघि हिजोका लागि तय भएको खेल आज सारिएको हो ।
टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सके नेपालको समिफाइनल प्रबेशको संभावना बलियो बन्नेछ । समूह बीमा नेपाल र बंगलादेशसँगै श्रीलंका र कुवेत रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमफिाइनलमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?