Logo

नेपालविरुद्व टस जितेको ओमान ब्याटिङ गर्दै

ई-खेलकुद २०७८ फागुन १२ , बिहीबार ०३:०२ मा प्रकाशित

काठमाडौ । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि ओमान र नेपाल प्रतिस्पर्धा गर्दैछन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेको ओमानले ब्याटिङ गर्ने निर्णय गरेको छ । सेमिफाइनलमा पराजित नेपाल र ओमान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन । नेपाललई यूएईले तथा ओमानलाई आयरल्याण्डले हराएका थिए । सेमिफाइनलमा पराजित भएसँगै नेपाल र ओमान विश्वकपमा पुग्न असफल बनिसकेका छन् ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा बेन्चमा रहेका सागर ढकाल प्लेईङ सेटमा परेका छन् । उनले जितेन्द्र झाको स्थान लिएका हुन । नेपाल प्रतियोगीतामा सुखद अन्त्यको योजनामा आज मैदान उत्रनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?