Logo

नेपालले बंगलादेशसंग मैत्रीपुर्ण खेल खेल्ने

ई-खेलकुद २०७७ असोज ३० , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । नेपालले बंगलादेशसंग मैत्रीपुर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई मैत्रीपुर्ण खेलका लागि अनुमती दिएको हो । नेपालले आगामी नोभेम्बरमा उसैको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ । औपचारिक मिती तय नभएपनि नोभेम्बर ११ देखी १९ को बिचमा खेल हुने एन्फाले जनाएको छ । बंगलादेशको प्रस्ताव अनुसारनै एन्फाले त्यसको ब्यबस्थापनका लागि राखेपलाई अनुरोध गर्दै आएको थियो । यद्यपी एन्फाले २ खेलका लागि बंगलादेश फुटबल बोर्डसंग प्रस्ताव गरेको छ । बंगलादेशले त्यसको जवाफ भने दिईसकेको छैन् ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?