Logo

नेपालले चैत १२ गतेबाट विश्वकप छनोटका खेल खेल्ने

ई-खेलकुद २०७७ मंसीर २६ , शुक्रबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबल अन्तर्गत एसियाली छनोटका दोस्रो चरणको खेल तालिका सार्बजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना माहामारीका कारण रोकिएका खेलको नयाँ तालिका सार्बजनिक गरेको हो ।
एएफसीले जारी गरेको नयाँ तालिका अनुसार नेपालले आगामी चैत १२ गते चाईनिज ताईपेसंग खेल्नेछ । यस्तै, अष्ट्रेलियासंग चैत १७ गते र जेठ २४ गते जोर्डनसंग खेल्नेछ । नेपालले खेल्ने सबै खेल घरेलु मैदानमा हुनेछन् ।
नियमित तालिका अनुसार गत मार्च र अप्रिलमा हुनुपर्ने खेल कोरोना माहामारीका कारण रोकिएको थियो । त्यसपछि पनि घोषणा गरिएको अक्टोबर–नोभेम्बरमा पनि खेल हुन सकेको थिएन । एसियाली छनोटको समुह बीमा रहेको नेपालले एक जित र एक बराबरीको नतिजा निकालेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?