Logo

नेपालले खेल्ने अन्तराष्ट्रिय सिरिज २०२१ मा मात्र हुने

ई-खेलकुद २०७७ भदौ ४ , बिहीबार ०८:०८ मा प्रकाशित

एजेन्सी । नेपालले खेल्ने अन्तराष्ट्रिय सिरिज सन् २०२० भर नहुने भएको छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले खेल्ने यसअघि स्थगीत भएका लिग टुका ३ वटा सिरिज समेत यो बर्ष हुने संभावना न्युन देखिएको हो । क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार नामिबिया, पपुवा न्यु गीनी र स्कटल्याण्डमा हुने भनिएका सिरिज पनि अर्को बर्षमात्र हुनेछ । आईसीसीले स्थगीत सिरिजका बिषयमा क्यानसंग छलफल गरेपनि पछिल्लो परिस्थितीका कारण संभव नहुने जवाफ क्यानले पठाएको प्याकुरेलले बताउनुभयो । नियमित तालिका अनुसार नेपालको अबको सिरिज सन् २०२१ को जनवरीमा ओमान भ्रमण गर्नुपर्नेछ । त्यस्तै फेब्रुअरीमा घरेलु मैदानमा युएई र पपुवा न्युगीनीलाई आतिथ्यता प्रदान गर्नुपर्नेछ ।
यो बिचमा माहामारीको अवस्था बिश्लेषण गरेरमात्र ती सिरिजको भविश्य पनि यकिन गर्ने सचिव प्याकुरेलले बताउनुभयो । आईसीसीले स्थगीत भएका सिरिज युएईमा गराउन सकिने विकल्प दिएर सबै मुलुकसंग छलफल अघि बढाएपनि त्यसमा अधिकांश मुलुकले सहमती नजनाएपछि यो बर्ष लिग टुका खेलहरु ह्ुने संभावना न्युन देखिएको हो ।
अन्तराष्ट्रिय प्रतियोगीता नहुने तथा मुलुकमा कोरोना माहामारीको अवस्था थप भयावह भएसंगै क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि तत्काल नगर्ने स्पष्ट पारेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?