Logo

नेपालले एसियन च्याम्पियनसीप खेल्ने निश्चित

ई-खेलकुद २०७७ माघ २० , मंगलबार ०९:०२ मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले एसीयन च्याम्पियनसीप खेल्ने निश्चित भएको छ । एसियन भलिबल महासंघ एभिसीको बैठकले नेपाललाई प्रतियोगीतामा सहभागी गराउने निर्णय गरेको हो । चीनको ग्वान्जाओमा हुने प्रतियोगीता अगष्ट २९ देखी सेप्टेम्बर ५ का लागि तय गरिएको छ । यद्यपी कोरोना माहामारीका कारण प्रतियोगीताको यकिन मिती २ महिना अघि मात्र निश्चित हुने एभिसीले जनाएको छ ।
प्रतियोगीता खेल्न नेपाल सहित श्रीलंका र उज्वेकिस्तानले मात्र दाबी प्रस्तुत गरेपछि एभिसीलाई निर्णय लिन सहज भएको हो । सेन्ट्रल, मिड ईष्ट र वेष्ट जोनबाट प्रतियोगीता खेल्न तीन मुलुकले मात्र दाबी गरेका थिए । १६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगीतामा वरियताका आधारमा भारत, ईरान र ताजाकिस्तानले सिधै स्थान बनाएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?