Logo

नेपालले आज अष्ट्रेलियासंग खेल्दै

ई-खेलकुद २०७८ जेठ २८ , शुक्रबार ०६:०६ मा प्रकाशित

काठमाण्डौ । कतारमा आगामी बर्ष हुने विश्वकप फुटबल तथा एसीयन कप फुटबल २०२३ को छनोट खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । कुवेतस्थित जाबेर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । एसीयाली पावरहाउस अष्ट्रेलियाबिरुद्ध मैदान उत्रदा नेपाल आफ्नो प्रर्दशन सुधारको लक्ष्यमा हुनेछ । छनोटमा २ जित र ५ हार भोगेको नेपाल विश्वकप छनोटमा अपराजित रहेको अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्न लागेको हो । विश्वकप छनोट हुन नसकेपनि नेपालको एसीयन छनोटको अर्को चरण प्रबेशको संभावना कायमै छ । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बलियो टोली अष्ट्रेलियाबिरुद्ध नेपालले उत्कृष्ट खेल खेल्ने बताए । नतिजा आफ्नो ठा“उमा भएपनि नेपालले राम्रो प्रर्दशन गर्ने उनको भनाई छ ।
५ पटक विश्वकप फुटबल खेलिसकेको अष्ट्रेलिया नेपाललाई हराउदै छनोटको अर्को चरण प्रबेश गर्न चाहान्छ । यसअघि क्यानबेरामा भएको पहिलो लेगमा अष्ट्रेलियाले ५–० को जित निकालेको थियो । नेपालबिरुद्ध मैदान उत्रदा अष्ट्रेलिया भने फराकिलो नतिजाको खोजीमा हुनेछ ।
समुह बी अन्तर्गतको खेलमा आजै राती जोर्डन र कुवेतपनि आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?