Logo

नेपाललाई ३ स्वर्ण सहित ११ पदक

ई-खेलकुद २०७७ मंसीर १० , बुधबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तान गोजुरियोको आयोजनामा भएको ओपन वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्णसहित ११ पदक जितेको छ ।
भर्चुअल माध्यमबाट भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पारेको हो । नेपालका लागि सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले स्वर्ण जिते ।
रविन्द्र मानन्धर भने रजतमानै सिमित भए । महिला एडभान्स विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टोसँग पराजित हुँदै रजतमै सिमित भईन् । निता आचार्य पनि रजतमा खुम्चिईन् । सत्कार घर्ती मगर, राजकुमार श्रेष्ठले कास्य पदक जिते ।
च्याम्पियनसिपमा १६ राष्ट्रका २ सय ५० खेलाडीको सहभागीता रहेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?