Logo

नेपाललाइ सिरिज क्लिनस्वीप गर्ने अवसर

ई-खेलकुद २०७८ मंसीर २ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोलीसँग तेस्रो टी–ट्वान्टी खेल खेल्दैछ । एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालसामु अर्को ऐतिहासिक उपलब्धी हात पार्ने अवसर मिलेको हो ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल नेपाली समयानुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । सुरुवाती दुबै खेलमा शानदार जित निकाल्दै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा पनि त्यस्तै नतिजाको खोजीमा रहेको छ ।

पहिलो खेलमा १ सय १९ रनको फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराएको थियो । आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा रेको नेपालले छनोट अघि कतारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

एसीयाली छनोट युएईमा नोभेम्बर २२ देखि २८ सम्म हुनेछ । नेपाली टोली दोहाबाट भोली नै आयोजनास्थल युएई जानेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?