Logo

नेपालद्वारा पीएनजीसामु २ सय ४ रनको बिशाल लक्ष्य

ई-खेलकुद २०७८ चैत्र १७ , बिहीबार ०२:०३ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी पीएनजीलाई २ सय ४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रनको बिशाल योगफल तयार पारेको हो । दिपेन्द्रसिंह ऐरी र आदिल रासिदले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेपछि नेपालले बिशाल योगफल तयार पारेको हो । दिपेन्द्रसिंह ऐरीले बिष्फोटक ब्याटिङ गर्दै ३३ बलमा ६६ रन बनाएको ईनिङसमा आदिल रासिदले ३१ रन बनाए । उनले मात्र ११ बलको सामना गरेका थिए । रोहित कुमार पौडेलले ४१ र आसिफ शेखले ३८ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडे ।
पीएनजीका काबुआ मोरियाले ३ तथा रिले हेकुरेले २ विकेट लिए । नोरमन भानुवा र नोसिना पोकनाले समान एक विकेट लिए । सुरुवाती दुबै खेलमा जित निकालेको नेपाल तेस्रो जितसँगै फाइनल प्रवेशको लक्ष्यमा रहेको छ । अघिल्ला दुबै खेलमा पराजित भएको पीएनजी सिरिजको पहिलो जितको खोजीमा मैदान उत्रिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?