Logo

नेपालको टी–ट्वान्टी र एकदिवसीय दुबै वरीयता खस्कियो

ई-खेलकुद २०७९ वैशाख २१ , बुधबार ०४:०५ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको विश्व वरीयतामा नेपाल तल झरेको छ । टी–ट्वान्टी र एकदिवसीय दुवै वरीयतामा नेपाल समान एक स्थान तल झरेको हो । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल टी–ट्वान्टीतर्फ १३ औं र एकदिवसीयतर्फ १९ औं स्थानमा पुगेको हो । अघिल्लो पटक नेपाल १२ औं र १८ औं वरीयतामा रहेको थियो ।
टी–ट्वान्टीमा नेपाललाइृ युएईले तथा एकदिवसीय वरीयतामा अमेरिकाले उछिनेका छन् । टी–ट्वान्टीतर्फको शीर्ष वरीयतामा भारत रहेको छ भने न्युजिलयण्ड एकदिवसीयतर्फको माथिल्लो वरीयतामा रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?