Logo

नेपालको किर्तिमान,सन्दिपको करियरकै उत्कृष्ट बलिङ

ई-खेलकुद २०७८ भदौ २५ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टुको सिरिज खेल्न ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनीविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । आसन्न एकदिवसीय विश्वकपमा छनोट भईसकेको पिएनजीलाई नेपालले ८२ रनमा अलआउट गर्दै १ सय ५१ रनको जित दर्ता गर्यो । यो जित अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले हात पारेको सबैभन्दा ठुलो जित हो । यसअघि नेपालले युएईलाई १ सय ४५ रनले हराएको थियो । दोस्रो मैत्रीपुर्ण खेलमा नेपालले आफ्नो किर्तिमान सुधार गरेको हो ।
त्यस्तै पिएनजीविरुद्धको खेलमा लेगस्पिनर सन्दिप लामिछानेका लागि पनि बिशेष रहये । करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा उनले ५ दशमलव १ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिए । यसअघि युएईविरुद्धको खेलमा १६ रन खर्चिएर ६ विकेट हात पार्दै सन्दिपले करियरकै उत्कृष्ट बलिङ दर्ज गराएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?