Logo

नेपालका लागि भारत फेरी बाधक, नेपाललाई हराउदै भारत उपाधि नजिक

ई-खेलकुद २०७८ पुस ४ , आईतबार ०४:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी १९ बर्ष मुनीको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । समूहचरणको अन्तिम खेलमा भारतले नेपाललाई १–० ले हराएको हो । ढाकास्थित मुस्तफा कमल अन्तराष्ट्रिय रंगशालामा भारतलाई जिताउन खेलको ६७ औ मिनेटमा प्रियंगादेवीले निर्णायक गोल गरिन् । यो जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपालको फाइनल पुग्ने संभावना न्युन बनेको छ । आजै हुने अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई हराए मात्र नेपालको संभावना रहन्छ । तर जारी प्रतियोगिताको अपराजित टोली बंगलादेशलाई हराउन श्रीलंकालाई सहज छैन् । पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले त्यसपछिका खेलमा भुटान र श्रीलंकालाई हराएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतले सुरुवातबाटै आक्राकम खेल खेलेको थियो । नेपालले पनि पाएका केहि राम्रा अवसर सदुपयोग गर्न सकेन् । श्रीलंकालाई हराउन सके भारत र बंगलादेशले उपाधिका लागि खेल्नेछन् । श्रीलंकाको जितले नेपालको संभावना रहनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?