Logo

निसिकोरीको दोस्रो रिर्पोट पनि पोजेटिभ, युएस ओपन गुमाउने

ई-खेलकुद २०७७ भदौ ६ , शनिबार ०३:०८ मा प्रकाशित

एजेन्सी । पाँचौ वरियताका केइ निसिकोरीको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ । ३१ बर्षिय निसिकोरीको दोस्रो रिर्पोटमा पनि सक्रमण देखिएसंगै युएस ओपनमा उनको सहभागीता नहुने भएको छ । युएस ओपन अगस्ट ३१ मा न्युयोर्कमा सुरु हुनेछ । गत आईतबार गरिएको पहिलो परिक्षणमा सक्रमण देखिएका निसिकोरीले ६ दिन सिछ दोस्रो परिक्षण गराएका थिए । त्यसको रिर्पोट पनि पोजेटिभ देखिएको हो । उनले आफुलाई कोरोनाको लक्षण यथावत रहेको बताउदै आईसोलेशनमै रहेको जनाएका छन् ।
कोरोना सक्रमणका कारण उनले सिनसिनाटी ओपनबाट नाम फिर्ता लिएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?