Logo

नाडाल र स्वर्जमेन फ्रेन्च ओपनको सेमिफाईनलमा

ई-खेलकुद २०७७ असोज २१ , बुधबार ०९:१० मा प्रकाशित

एजेन्सी । दोस्रो बरियताका स्पेनी राफायल नाडाल र १२ औ बरियताका अर्जेन्टिनी डिएगो स्वर्जमेन फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनलमा ईटालीका जान्निक सिन्नरलाई सोझो सेटले हराउदै नाडालले सेमिफाईनलमा स्थान सुरक्षित गरेका हुन् । पहिलो सेटमा ७–६ को संर्घषपुर्ण जित निकालेका नाडालले त्यसपछिका सेटमा ६–४ र ६–१ को जित निकाल्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरे ।
स्वर्जमेनले अष्ट्रियन डोमेनिक थिमलाई ३–२ को सेटले स्तब्ध पारे । पहिलो सेटमा ७–६ को जित निकालेका स्वर्जमेनले दोस्रो सेट ५–७ ले थिमलाई सुम्पिएका थिए । तेस्रो सेटपनि ६–७ ले गुमाएका स्वर्जमेनले चौथो र पाँचौ सेटमा ७–६ र ६–२ को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेका हुन् । सेमिफाईनलमा नाडाल र स्वर्जमेन प्रतिस्पर्धा गर्नेछन् ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै अर्जेन्टिनी नादिया पोडोरोस्का र पोल्याण्डकी ईगा स्वानटेकले अन्तिम चारको यात्रा तय गरेका छन् । नादियाले युक्रेनी एलिना भित्तोलिनालाई तथा ईगाले ईटालीकी माटियो त्रिभिसनलाई सोझो सेटले हराउदै सेमिफाईनलमा स्थान बनाएका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?