Logo

नर्बिचविरुद्ध म्यान सिटीको शानदार जित

ई-खेलकुद २०७८ भदौ ६ , आईतबार ०८:०८ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा गएराती सिटीले नर्विच सिटीलाई ५–० ले हराएको हो ।
सिटीको घरेलु मैदान ईत्तिहाद स्टेडियममा सिटीलाई जिताउन ज्याक ग्रिसिस, आएमेरिक लापोर्टे, रहिम स्टर्लिङ र रियाद महरेजले एक–एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।
सातौँ मिनेटमा नर्विचका टिम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । २२औँ मिनेटमा ग्रिलिसले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० गोलको अग्रता बनाए । सिटीका लागि ग्रिलिसको यो पहिलो गोल हो ।
६४औँ मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ३–० को बलियो अबस्थामा पुर्याए । ७१औँ मिनेटमा स्टर्लिङ र ८४औँ मिनेटमा महरेजले गोल गर्दै घरेलु टिमलाई फराकिलो जित दिलाए । जितसँगै सिटीले दुई खेलमा तीन अङ्क जोडेको छ । ऊ पाँचौँ स्थानमा छ । नर्विचको भने यो दोस्रो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?