Logo

धनगढीको प्रशिक्षकमा तोपे फुजा

ई-खेलकुद २०७७ चैत्र ५ , बिहीबार १२:०३ मा प्रकाशित

काठमाण्डौ । आसन्न नेपाल सुपर लिग (एनएसएल) का लागि टिम धनगढी एफसीले तोपे अयोडेजी फुजालाई टोलीको मुख्य प्रशिक्षकका रुपमा अनुबन्धित गरेको छ । विशाल राईलाई मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्धन गरिसकेको धनगढीले आज मुख्य प्रशिक्षकमा तोपेलाई अनुबन्ध गरेको हो ।
नाइजेरियाली प्रशिक्षक फुजा नेपाली फुटबलमा परिचित समेत छन् । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?