Logo

दोस्रो टेष्टमा अष्ट्रेलियाबिरुद्ध ईण्डियाको शानदार जित

ई-खेलकुद २०७७ पुस १४ , मंगलबार ०९:१२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा ईण्डिया विजयी भएको छ । घरेलु टोलीलाई ८ विकेटले हराउदै ईण्डियाले ४ म्याचको टेष्ट सिरिज एक एकको बराबरीमा ल्याएको हो । अष्ट्रेलियाले दिएको ७० रनको झिनो चुनौती ईण्डियाले चौथो दिनको दोस्रो सत्रमै २ विकेट गुमाएर पुरा गर्यो । शुभमन गील ३५ र कप्तान अजिन्का रहाने २७ रनमा अबिजित रहदै ईण्डियालाई जित दिलाए । मयांक अग्रवाल ५ र चतेश्वर पुजरा ३ रनमा पभेलियन फर्किए । अष्ट्रेलियाका पाट कुमिन्स र मिचेल स्टार्सले समान एक विकेट लिए ।
चौथो दिनको पहिलो सत्रमै कंगारु टोली २ सय रनमा समेटिएपछि भ्रमणकारी टोलीले सहज लक्ष्य पाएको थियो । पहिलो ईनिङसमा घरेलु टोलीले १ सय ९५ रन बनाएको थियो ।
६ विकेट गुमाएर १ सय ३३ रनको अवस्थाबाट चौथो दिनको खेल थालेको कंगारु टोली थप ६७ रन जोड्दा अलआउट भयो । केमरुन ग्रीनले सर्बाधिक ४५ रन बनाएको उसको ईनिङसमा म्याथु वाएले ४० र मार्नुस लाबुस्चेनले २८ रन बनाए । अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । ईण्डियाका महम्मद सिराजले ३ तथा रबिचन्द्रन आश्विन, रबिन्द्र जडेजा र जसप्रित बुमराहले समान २ विकेट लिए । उमेश यादवको नाममा १ विकेट रह्यो ।
ईण्डियाले पहिलो ईनिङसमा ३ सय २६ रन बनाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?