Logo

दिल्ली पहिलो पटक आईपीएलको फाईनलमा,उपाधिका लागि मुम्बईसंग खेल्ने

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ११:११ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई ईण्डियन्स भिड्ने भएका छन् । आज भएको दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई १७ रनले हराउदै दिल्लीले मुम्बईसंगको उपाधि भेट पक्का गरेको हो । दिल्ली पहिलो पटक आईपीएलको फाईनलमा पुगेको हो ।
हैदरावादलाई क्वालिफायरमा हराएसंगै दिल्लीले समुहचरणका दुबै भेटमा भोगेको हारको बदला समेत लिएको छ ।
दिल्लीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । केन विलियम्सनले सर्बाधिक ६७ र अब्दुल समादले ३३ रन बनाएपनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । मनिषकुमार पाण्डेले २१ र प्रियम गर्गले १७ रन बनाए ।
दिल्लीका कागीसो रावाडाले ४, मार्कुस स्टोईनिसले ३ अक्सर पटेलले एक विकेट लिए । रावाडाले १९औ ओभरमा ३ विकेट लिदै खेल दिल्लीको पक्षमा ल्याएका थिए ।
यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रनको बिशाल योगफल तयार पारेको हो । शिखर धवनले सर्बाधिक ७६ रन बनाएको दिल्लीको ईनिङसमा सिमरोन हेटमेरले ४२, मार्कुस स्टोईनिसले ३८ र कप्तान श्रेयर ऐरले २१ रन बनाए ।
हैदराबादका सन्दिप शर्मा, जेसन होल्डर र रासिद खानले समान १ विकेट लिए । दिल्ली र मुम्बईबिचको उपाधि भिडन्त मंगलबार हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?