Logo

दर्शकसहित विश्वकप छनोटका खेल खेलाउने एन्फाको प्रयास

ई-खेलकुद २०७७ पुस ४ , शनिबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेल दर्शकसहित खेलाउने प्रयास थालेको छ । विश्वकप छनोटका तीन खेल नेपालले घरेलु मैदानमा खेल्दैछ । होम म्याचको फाईदा तथा दर्शकको प्रत्यक्ष संलग्नतामा खेल हुदा त्यसले टोलीको नतिजामा पनि प्रभाव पार्ने भन्दै एन्फाले त्यसको तयारी थालेको हो । एन्फा प्रबक्ता किरण राईका अनुसार सम्पुर्ण प्राबिधिक पक्षको बिश्लेषण गरी आफुहरु दर्शकसहित खेल गराउने पक्षमा रहेको बताउनुभयो । तर सरकार तथा सरोकारवाला निकायको निर्णयमा त्यसको आधिकारिकता निर्भर रहने उहाँले बताउनुभयो । राईले भन्नुभयो– घरेलु मैदानमा हुने खेलको फाईदानै दर्शकसहित खेल्नु हो, यसले टोलीको समग्र नतिजामै प्रभाव पार्ने भएकाले हाम्रो अधिकतम प्रयास दर्शक राखेर गर्नेमै रहन्छ ।
कोरोना माहामारीका बिच भएका प्रतिस्पर्धामा पनि बिभिन्न मुलुकहरुले दर्शकसहित खेलाएको भन्दै प्रबक्ता राईले स्वास्थ्य मापदण्ड पुरा गराएर भएपनि सोहि अनुरुप अघि बढ्ने आफुहरुको योजना रहेको सुनाउनुभयो । पछिल्लो समय माहामारीको अवस्थापनि न्युन हुदै गएको तथा चैतको दोस्रो सातासम्ममा थप कमी आउने बिश्लेषण सहित आफुहरु दर्शक राखेर खेल गराउने पक्षमा रहेको उहाँले बताउनुभयो ।
विश्वकप छनोटका साथै एसियन कपको छनोटको महत्वपुर्ण खेल भएकाले घरेलु मैदानमा हुने खेलले महत्वपुर्ण प्रभाव पार्ने एन्फाको बिश्लेषण छ । नेपालले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेईसंग चैत १२ तथा अष्ट्रेलियासंग चैत १७ गते प्रतिस्पर्धा गर्नेछ । जोर्डनसंगको खेल भने जेठ २४ मा हुनेछ । एसियाली छनोटको समुह बीमा रहेको नेपाल ३ अंकमा तालिकाको चौथो स्थानमा छ । नेपालले चाईनिज ताईपेईलाई उसैको मैदानमा २–० ले हराएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?