Logo

थ्री नेसन्सका विजेतालाई एन्फाले जनही १ लाख रुपैया दिने

ई-खेलकुद २०७७ चैत्र १७ , मंगलबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा आयोजित थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगीताको विजेता टोलीका सदस्यले जनही १ लाख रुपैया पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगीताको विजेता टोलीका सबै सदस्यलाई पुरस्कार प्रदान गर्ने जनाएको हो ।
एन्फाले आज एक विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो । नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा ३७ बर्षपछि उपाधि चुमेको थियो । सोमबार भएको फाईनलमा बंगलादेशलाई २–१ गेल अन्तरले हराउदै नेपालले उपाधि उचालेको थियो ।
नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राईले गोल गरेका थिए । यसअघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?