Logo

थ्रीस्टारलाई फराकिलो अन्तरले हराउदै पुलिस सेमिफाईनलमा

ई-खेलकुद २०७७ चैत्र २४ , मंगलबार ०७:०४ मा प्रकाशित

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको अन्तिम क्वार्टरफाईनलमा थ्री स्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउदै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।
पुलिसलाई शानदार जित दिलाउन बुद्धबल तामाङले दुई तथा तेज तामाङ र सौजन राईले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा बुद्धको गोलबाट अग्रता बनाएको पुलिसले बाँकि गोल खेलको दोस्रो हाफमा गरेको थियो । ६७ औं मिनेटमा तेज तामाङले टोलीको अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३–० को बलियो अबस्थामा पुग्यो ।
८५ औं मिनेटमा सौजनले अर्को गोल गरेपछि पुलिसलाई ४–० को जित निकाल्न सफल बन्यो । खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच घोषित भए । पुलिसले फाईनल प्रबेशका लागि पाहुना टोली अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । अफ्रिकन रुट मछिन्द्र क्लबलाई हराएर सेमिफाइनल पुगिसकेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भोली संकटा क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।
८ टोली सहभागी प्रतियोगीताको उपाधि विजेता टिमले नगद १० लाख १ हजार र उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?