Logo

त्रिदेशीय सिरिज खेल्न मलेसीयाको टोली काठमाडौंमा, उद्घाटन खेलमा नेपाल र पीएनजी भिड्ने

ई-खेलकुद २०७८ चैत्र १३ , आईतबार ०६:०३ मा प्रकाशित

काठमाडौं । नेपाल, मलेसीया र पपुवा न्युगिनी पीएनजीबीचको त्रिदेशीय टी–ट्वान्टी सिरिज भोली सुरु हुँदैछ । सिरिजको उद्घाटन खेलमा भोली नेपाल र पीएनजी प्रतिस्पर्धा गर्नेछन् । किर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीतामा सबै टोलीले सबैसँग समान २–२ खेल खेल्नेछन् । नेपालले पीएनजीसँग ७ बर्षपछि टी–ट्वान्टी खेल खेल्न लागेको हो । विश्वकपमा समान एक पटक सहभागी भएका नेपाल र पीएनजी सिरिजको उपाधि जित्ने मुख्य दाबेदार टोली हुन् । मलेसीयासँग भने नेपालले गत बर्ष घरेलु मैदानमै सिरिज खेलेको थियो । टी–ट्वान्टी सिरिज अघि नेपाल र पीएनजीबीच २ खेलको वन डे सिरिज भएको थियो । जसमा दुबै खेल पीएनजीले जितेको थियो ।
मलेसीयाको टोली काठमाडौमा
सिरिज खेल्न मलेसीयाको टोली आज साँझ काठमाडौं आईपुगेको छ । अहमद फैज कमानीको टोली सिरिज हुनु एकदिन अघि काठमाडौं ओर्लिएको हो । मलेसीयाले मंगलबार पीएनजीसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । मलेसीयाले बुधबार नेपालसँग दोस्रो खेल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?