Logo

ताईपेईबिरुद्धको खेलका लागि नेपाल तयार

ई-खेलकुद २०७८ जेठ १९ , बुधबार ०९:०६ मा प्रकाशित

काठमाण्डौ । कतारमा अर्को बर्ष हुने विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले भोली चाईनिज ताईपेईसंग प्रतिस्पर्धा गर्दैछ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयानुसार भोली राती पौने १० बजे सुरु हुदैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले बिहीबार पनि जित निकाल्दै एसीयन कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने योजनामा छ ।
विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चार अवे र १ होम गेम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । ताईपेईलाई लगातार दोस्रो खेलमा हराउने लक्ष्यमा रहेको नेपाली टोलीमा यो पटक निक्कै परिवर्तन गरिएको छ । खेलअघि आज गरिएको प्रिम्याच कन्फरेन्समा राष्ट्रिय टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताईरीले कुवेतको मौसममा नेपाललाई खेल्न गाह्रो हुने बताए । यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो ।
नेपाल चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबलका साथ मैदान उत्रने छ । चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ सङ्क्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?