Logo

डिस होम स्पोर्टस अवार्डको मुख्य सहप्रायोजक

ई-खेलकुद २०७७ पुस ८ , बुधबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजकको समझौता गरेको हो । एक कार्यक्रमका बिच मञ्चका महासचिव प्रज्वल ओली र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरी ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ । सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ । जिन्सीअनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्जसहितको सेवा उपलब्ध गराउनेछ । यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्जसहित र १३ थान सेट–अप बक्स दुई वर्षको रिचार्जसहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ । सम्झौतापछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद ब्यक्त गर्नुभयो । डिस मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफू जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुँदैछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?