Logo

टोकियो ओलम्पिक : खेलाडी कम पदाधिकारीको ठुलो लस्कर

ई-खेलकुद २०७८ असार ३० , बुधबार ०६:०७ मा प्रकाशित

काठमाण्डौ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले बिभिन्न ४ खेलमा प्रतिस्पर्धा गर्दैछन् । यसबर्षको ग्रीष्मकालिन ओलम्पिकमा नेपालले पौडी, एथ्लेटिक्स, सुटिङ र जुडोमा प्रतिस्पर्धा गर्नेछ । पौडीमा २ र बाँकि खेलमा समान एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
तर नेपालले जम्बो टोली टोकियो पठाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले औपचारिक रुपमा ५ खेलाडी, ४ प्रशिक्षक र १७ पदाधिकारी गरी २६ जनाको सुची सार्बजनिक गरेको छ । यद्यपी त्यसबाहेकका पदाधिकारी र केहि सञ्चारकर्मी पनि टोकियो ओलम्पिकमा सहभागि हुनेछन् । कमिटीका अधिकांश पदाधिकारी नै टोकियो भ्रमणमा जानेछ ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् । ओलम्पिकको उद्घाटनमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने छिन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् । राखेपकका ४ पदाधिकारी टोकियो ओलम्पिकमा जानेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?