Logo

टेष्ट च्याम्पियन्सस्पको फाईनल साउथहेम्प्टनमा

ई-खेलकुद २०७७ फागुन २७ , बिहीबार ०९:०३ मा प्रकाशित

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत ईण्डिया र न्युजिल्याण्डबिचको फाइनल खेल एजिएस बउल साउथम्पटनमा हुने भएको छ । आगामी जुन १८ देखी २२ सम्म हुने फाईनल खेल साउथहेम्प्टमा गर्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले जनाएको हो ।
आइसिसीले इङ्ग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डसँगको समन्वय गरी फाईनल खेलको भेन्यु तय गरेको हो । ईसीबीसंगको सहमतीपछि आईसीसीले जारी गरेको वक्तव्यमा भनिएको छ–‘साउथम्पटनमा विश्वस्तरीय खेल्ने सुविधासँगै प्रशिक्षणको समेत ब्यवस्था हुने हुँदा दुवै टोलीले उपयुक्त वातावरण पाउने विश्वास गरिएको छ ।
टेष्ट च्याम्पियनसीपको फाइनलमा सीमित दर्शकलाई मात्र मेदानमा प्रबेश गर्न दिईने आईसीसीले स्पष्ट पारेको छ । यसअघि टेस्ट तालिका तयार हुँदा विश्वकै सबैभन्दा बढी दर्शक अटाउनसक्ने लर्ड्स क्रिकेट ग्राउन्डमा च्याम्पियनसिपको फाइनल गर्ने तयारी आईसीसीको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?