Logo

टी–ट्वान्टी क्रिकेटमा दिपेन्द्रको एक हजार रन

ई-खेलकुद २०७८ चैत्र २१ , सोमबार ०१:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । उनले घरेलु मैदानमा जारी त्रिदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत पपुवा न्यु गिनी पीएनजीविरुद्वको खेलमार्फत १ हजार रन पुरा गरेका हुन् ।

अघिल्लो खेलमा ९ सय ७९ रन पुरा गरेका दिपेन्द्रले ३४ खेलबाट १ हजार रनको कोशेढुङगाा पुरा गरेका हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दिपेन्द्र पहिलो नेपाली क्रिकेटर हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछी पारस खड्का हुन् । उनले संस्यास अघि ७ सय ९९ रन बनाएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?