Logo

टटनह्याम काराबाओ कप फुटबलको फाईनलमा

ई-खेलकुद २०७७ पुस २२ , बुधबार ०६:०१ मा प्रकाशित

एजेन्सी । टटनह्याम काराबाओ कप फुटबलको उपाधिनजिक पुगेको छ । गएराती भएको पहिलो सेमिफाईनलमा बेनफोर्डलाई २–० ले हराउदै टटनह्यामले फाईनलमा स्थान सुरक्षित गरेको हो । सन् २००८ पछि टटनह्याम पहिलो पटक काराबाओ कप फुटबलको फाईनलमा पुगेको हो । घरेलु मैदानमा टटनह्यामलाई जिताउन मौसा सिसोको र सन ह्युङ मीनले गोल गरे ।

१२ औ मिनेटमा सिसोकोले गोल गर्दै टटनह्यामलाई अग्रता दिलाएका थिए । ७० औ मिनेटमा मीनले टोलीको अग्रता दोब्बर पारे । त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । ८४ औ मिनेटमा जस डा सिल्भा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय पाहुना टोली बेनफोर्ड १० खेलाडीमा सिमित बनेको थियो । खेलमा केहि राम्रा अवसर बनाएको बेनफोर्डले त्यसलाई सदुपयोग गर्न नसक्दा सेमिफाईनलबाटै बाहिरियो ।
टटनह्यामले काराबाओ कप फुटबलको उपाधिका लागि आज हुने दोस्रो सेमिफाईनलको विजेतासंग अप्रिल २५ मा प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा आज राती म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?