Logo

टटनह्याम एफ ए कप फुटबलको अन्तिम १६ मा

ई-खेलकुद २०७७ माघ १३ , मंगलबार ०७:०१ मा प्रकाशित

एजेन्सी । टटनह्याम एफए कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेको छ । चौथो चरणको खेलमा गएराती वेकम्व वन्डर्सलाई ४–१ गोल अन्तरले हराउदै टटनह्यामले अघिल्लो चरणको यात्रा तय गरेको हो । वन्डर्सको मैदानमा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गोल गर्दै टटनह्यामले जित हात पारेको हो । उसको जितमा टाङग्वे डोम्बेलेले २ तथा गारेथ वेल र ह्यारी विन्क्सले एक एक गोल गरे ।
खेलमा अग्रता भने २५ औ मिनेटमा घरेलु टोली वन्डर्सले लिएको थियो । टटनह्यामले अन्तिम १६ को प्रतिस्पर्धा एभर्टनसंग खेल्नेछ । एफए कपमा आज राती बर्नमाउथ र क्राउली टाउन प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?