Logo

टटनह्यामलाई हराउदै चेल्सी छैठौ स्थानमा

ई-खेलकुद २०७७ माघ २३ , शुक्रबार ०६:०२ मा प्रकाशित

एजेन्सी । चेल्सी ईङलिश प्रिमियर लिग फुटबलको छैठौ स्थानमा उक्लिएको छ । २२ औ चरणको खेलमा गएराती टटनह्यामलाई १–० ले हराउदै चेल्सीले शीर्ष टोलीसंगको दुरी घटाएको हो । टटनह्यामको मैदानमा चेल्सीलाई जिताउन २४ औ मिनेटमा जर्जिन्होले पेनाल्टिमार्फत गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्ष्ँक थोमस टुचालको आगमनपछि चेल्सीको अपराजित यात्राले निरन्तरता पाएको हो । खेलमा अधिकांश समय टटनह्यामलाई दबावमा राखेको चेल्सीले गोल गर्ने अवसर भने सृजना गर्ने सकेन् ।
घरेलु टोलीले पाएका केहि अवसर खेर फाल्दा हार भोग्न बाध्य भयो । २२ खेलबाट ३६ अंक जोडेको चेल्सी समान अंक भएको एभर्टनलाई पछि पार्दै छैठौ स्थानमा पुगेको हो । टटनह्याम भने ३३ अंकमा आठौ स्थानमा धकेलिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?