Logo

जोकोभिचलाई २० औ ग्राण्डस्लाम उपाधि

ई-खेलकुद २०७८ असार २८ , सोमबार ०६:०७ मा प्रकाशित

एजेन्सी । शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराती भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटले हराउदै जोकोभिकले किर्तिमानी उपाधि हात पारेका हुन् ।
उनको यो २० औ ग्राण्डस्लाम उपाधि पनि हो । यो उपाधिसंगै जोकोभिचले स्पेनी राफायल नाडाल र स्विस रोजर फेडेररको सर्बाधिक ग्राण्डस्लामको उपाधि बराबरी गरेका छन् ।
पहिलो सेट ६–७ ले गुमाएका जोकोभिचले त्यसपछिका सेटमा ६–४, ६–४ र ६–३ को जित निकाल्दै उपाधी कब्जा गरे ।
उनको यो छैटौं विम्बल्डन उपाधि हो । ३४ वर्षीय जोकोभिचले गत महिनामात्र फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए । महिला एकलतर्फको उपाधि भने अष्ट्रेलियाकी एस्लेघ बार्टीले जितेकी थिईन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?