Logo

जिम्बाब्वे ‘ए’ विरुद्व नेपालको शानदार जित,तीन म्याचको सिरिज बराबरी

ई-खेलकुद २०७९ वैशाख २१ , बुधबार ०४:०५ मा प्रकाशित

काठमाडौं । जिम्बाब्वे ए विरुद्वको दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले शानदार जित निकालेको छ । आज भएको खेलमा पाहुना टोलीलाई ८ विकेटले हराउँदै नेपालले तीन म्याचको सिरिज बराबरी गरेको हो । वर्षाका कारण दोस्रो खेल नतिजाविहीन भएको थियो । जिम्बाब्वे ए ले दिएको १ सय ३७ रनको चुनौती नेपालले १५ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले अबिजित रहँदै सर्वाधिक ८७ रनको योगदान गरे । कुशल भुर्तेलले ३४ र बासिर अहमदले १० रन बनाए । जिम्बाब्वेका ब्रेन्डन माभुता र लुक जोग्वेले समान एक विकेट लिए । पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ८८ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए ।
यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङमा उत्रिएको जिम्बाब्वेले ७ विकेट गुमाएर १ सय ३६ रनको सामान्य योगफल तयार पारेको थियो । रोय कियाले सर्वाधिक ४९ रन बनाएको जिम्बाब्वेको ईनिङसमा मारुमानीले २७ र लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे । नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेलिरहेको हो। नेपालले यसै टोलीसँग तीन म्याचको एकदिवसीय सिरिज पनि खेल्नेछ । सिरिजको पहिलो खेल पर्सी हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?