Logo

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

ई-खेलकुद २०७७ असोज १५ , बिहीबार ०८:१० मा प्रकाशित

एजेन्सी । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले उचालेको छ । गएराती भएको फाईनलमा बोरुसीया डर्टमण्डलाई ३–२ गोल अन्तरले हराउदै बायर्नले उपाधि हात पारेको हो ।

घरेलु मैदानमा बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले गोल गरे । डर्टमण्डका एर्लिङ हालाण्ड र जुलियन ब्राण्डले गोल फर्काए । १८ औ मिनेटमा टोलिसोको गोलमा अग्रता बनाएको बायर्नका लागि ३२ औ मिनेटमा मुलरले अर्को गोल थपेका थिए । ३९ औ मिनेटमा ब्राण्डले बोरुसियाका लागि गोल गर्दै अन्तर घटाएका थिए ।

दोस्रो होफको १० औ मिनेटमा हालाण्डले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएका थिए । खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३–२ जित दिलाए । बायर्नले किर्तिमानी आठौं पटक सुपर कपको उपाधि उचालेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?