Logo

जर्मन टोलीको घोषणा, मुलर ३ बर्षपछि टोलीमा

ई-खेलकुद २०७८ जेठ ५ , बुधबार ०७:०५ मा प्रकाशित

एजेन्सी । आसन्न युरोकप फुटबलका लागि जर्मनीले टोली घोषणा गरेको छ । जर्मनीका प्रशिक्षक जोचिम लले आज युरो कपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् । जर्मन टोलीमा बायर्न म्युनिखका स्ट्राइकर थोमस मुलरले ३ बर्षपछि स्थान बनाएका छन् । उनी सन् २०१८ पछि पहिलो पटक टिममा परेका हुन् । टोलीमा परेसँगै मुलरले आफू युरो कप २०२० खेल्न तयार रहेको जनाएका छन् ।
टोलीमा लेरोई साने, टिमो वेर्नर, लियोन गोरेट्ज्का, सर्जी ग्नाब्री, इम्रे क्यान, म्यानुअल नुयरलगायतका खेलाडी परेका छन् । ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुने युरो कप युरोपका विभिन्न ११ सहरमा हुँदैछ । युरो २०२० मा हङ्गेरी, पोर्चुगल र जर्मनीसँगै फ्रान्स समूह ‘एफ’मा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?