Logo

च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा म्यान सिटी विजयी

ई-खेलकुद २०७९ वैशाख १४ , बुधबार ०६:०४ मा प्रकाशित

एजेन्सी । च्याम्पियनस लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी विजयी भएको छ ।
घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले रियल मड्रिडलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डि ब्रुयेन, ग्राबियल जिसस, फिल फोडेन र बर्नाण्डो सिल्भाले गोल गरे । रियलका करिम बेन्जीमाले २ तथा भिनिसियस जुनियरले एक गोल गरे । दोस्रो मिनेटमै डि ब्रुयेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा जिससले गोल गरेपछि घरेलु टोली खेलको सुरुवातमै २–० को अवस्थामा पुगेको थियो । ३२ औं मिनेटमा बेन्जीमाले गोल गर्दै पहिलो हाफमा टोलीलाई २–१ को अवस्थामा ल्याएका थिए । फोडेनले ५३ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता ३–१ मा पुर्याए । त्यसको २ मिनेटपछि जुनियरले गोल गर्दै रियलको अन्तर घटाएका थिए । सिल्भाले ७४ औं मिनेटमा गोल गरेपछि सिटी ४–२ को अग्रतामा पुगेको थियो । ८२ औं मिनेटमा पाएको पेनाल्टिको अवसरलाई बेन्जीमाले सदुपयोग गरेपछि त्यसपछिको समयमा थप गोल गर्न नसक्दा रियल पराजित भएको हो । घरेलु मैदानमा बल पोजिशनमा पकड बनाएपनि सिटीका थप अवसर भने खेर गएका थिए ।
यी दुई टोलीबीच सेमिफाइनलको दोस्रो लेग मे चारमा रियलको मैदानमा हुनेछ । सेमिफाइनलको पहिलो लेगमा आज राती लिभरपुल र भियारियल प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?