Logo

च्याम्पियन्स लिग फुटबलमा आज बार्सा र पिएसजी भिड्दै

ई-खेलकुद २०७७ फागुन ४ , मंगलबार ०५:०२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बिच प्रतिस्पर्धा गर्दैछिन् । बार्साको मैदान नाउ क्याम्पमा हुने खेल नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ ।
अन्तिम १६ को पहिलो लेगमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्ने योजनामा रहनेछन् । घरेलु टोलीबिरुद्धको खेलमा पाहुना टोलीबिरुद्ध यसअघिका भेटमा भोगेको हारको बदला लिने योजनामा हुनेछ । बार्सिलोनाले पिएसजीलाई तीन पटक च्याम्पियन्स लिगबाट आउट गरिदिएको छ ।
पिएसजीसँगको खेलका लागि बार्सिलोनाले प्रारम्भिक टोली घोषणा गरेको छ । प्रशिक्षक रोनाल्ड कोइम्यानले २१ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा जेरार्ड पिके पनि समावेश छन् । उनी लामो समयपछि टोलीमा फर्किएका हुन् । नोभेम्बर २०२० मा घाइते भएका उनले २५ खेल गुमाएका थिए । उनले घुँडाको चोट बोकेका थिए । पिकेका साथै कप्तान लियोनल मेस्सी, ओस्मान डेम्बेले, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट, फ्रेन्की डी योङ, रिकी पुग, मिरालेम पियानिकलगायत खेलाडी टोलीमा समावेश छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?